नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आज उद्घाटन हुने
काठमाडौँको नयाँ बानेश्वरस्थित आलोक नगरमा पार्टी अध्यक्ष माधवकुमार नेपालले कार्यालय उद्घाटन गर्नेछन्। आजैबाट उक्त कार्यालय सञ्चालनमा आउने नेकपा एकीकृत समाजवादीले जनाएको छ।
एकीकृत समाजवादीका अनुसार सम्पूर्ण तयारी पूरा भएकाले शुक्रवार बिहान १० बजेदेखि कार्यालय सञ्चालनमा आउनेछ।
नेकपा एमालेबाट विभाजन भई नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई निर्वाचन आयोगले गत भदौ ९ गते आधिकारिकता प्रदान गरेको थियो।
असोज १, २०७८ शुक्रबार ०९:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।