आजबाट सुपथ मूल्य पसल सुरु हुँदै
दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो।
सुपथ मूल्य पसलमा दैनिक उपभोग्य र चाड पर्व लक्षित सामाग्री बिक्री वितरण गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पसलमा चामल, दाल, नुन, चिनी लगायतका उपभोग्य सामग्री बिक्री गरिनेछ।
दसैँका लागि खसी बोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचना अनुसार सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म कम पर्नेछ।
देशभर ३९ स्थानमा पसल सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
असोज १, २०७८ शुक्रबार ०९:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।