अझै तीन दिन मौसम सफा नहुने
अहिले देशभर सामान्य देखि पूर्ण बदली सहित गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
राती देशभर सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिवार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ। गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
असोज १, २०७८ शुक्रबार ०८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।