भोलिदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्दै त्रिभुवन विश्वविद्यालय
जिल्ला प्रशासन कार्यालय काठमाडौँले भौतिक उपस्थितिमा पठन पाठन नगराउन आदेश जारी गरेकै दिन विश्वविद्यालयले सूचना निकालेर असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने जनाएको हो।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस, विभाग, स्कुलहरूले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहने गरी असोज १ गतेदेखि भौतिक उपस्थिति गराएर कक्षा सञ्चालनको व्यवस्था गर्न सूचित गरेको हो।
भदौ ३१, २०७८ बिहीबार २२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।