माधव नेपाललाई ओलीको व्यङ्ग्य : झिँगाको पछि नलाग्नुहोस्, रोग मात्रै फैलाउँछ
काठमाडौँमा भएको एमालेका कार्यकर्ता भेलामा ओलीले कार्यकर्ताहरूले पार्टी जोगाएको बताए। ‘हामीलाई त साधारण सदस्यताबाट नै हटाइएको थियो,’ओलीले भने,‘पार्टी जोगाइदिनु भयो, तपाइहरूलाई धन्यवाद छ।’
उनले पार्टीको भूमिका मात्रै परिवर्तन भएको बताए। ‘पार्टीको भूमिका परिवर्तन भयो। सरकारमा थियौ, प्रतिपक्ष भयौ,’ओलीले भने,‘सङ्गठनमा परिवर्तन भएको छ।’
उनले नेकपा एमाले भनेको मौरीको गोलो भएको बताए। ‘झिँगाले कहिले मह पार्छ?,’उनले भने,‘रोग फैलाउनेका पछि नलाग्नुहोस्’
अध्यक्ष ओलीले फेरी पार्टी फुटाउन माधव नेपालको एमालेमा आवश्यकता नरहेको बताए। सडेको, बिग्रेको भन्दा गाली गरेजस्तो हुने भन्दै उनले बिग्रन बिग्रन खोजेकाहरू पार्टी छोडेर गएको बताए। उनले माधव नेपालले पार्टी फुटाउन गुटबन्दी बाहेक केही नगरेको बताए।
उनले माधव नेपाल बाहेकका सबैलाई पार्टीमा फर्कन आग्रह गरे। ‘घरमा आगो लगाएर खरानी धसेर हिँडेकालाई केही भन्नु छैन,’ओलीले भने,‘नेपालको पछि लागेकाहरूलाई पार्टीमा फर्कन आग्रह गर्छु।’
उनले माओवादी केन्द्र एमालेमा मिलिसकेको बताए। ‘नेकपा माओवादी केन्द्र कानुनी रूपमा मात्रै होला,’ओलीले भने,‘माओवादी केन्द्र प्रचण्ड गुट मात्रै छ।’ उनले प्रचण्डलाई ठुलो पार्टी नपचेको बताए।
उनले प्रचण्डको घरेलु कार्यकर्ता नहुन पनि कार्यकर्तालाई आग्रह गरे।
भदौ ३१, २०७८ बिहीबार १५:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।