ट्रक दुर्घटनामा वडा सदस्यको निधन

ट्रक दुर्घटनामा वडा सदस्यको निधन

मकवानपुरः त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्डकाे सोप्याङ खोलामा भएको गएराति भएकाे ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको निधन भएको छ। पालुङबाट काठमाडौंका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ः५५ बजे दुर्घटनामा परेकाे हाे।

ट्रक थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल खोलामा खसेर दुर्घटना भएको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिए।

ट्रक खस्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा उनकाे घटनास्थलमै निधन भएको प्रहरी निरीक्षक थापाले बताइन्। यस्तै ट्रकका चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएकाे थापाले जानकारी दिइन्।

भदौ ३१, २०७८ बिहीबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।