रामेछापमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रामेछापमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ : काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जिप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

बिहीबार बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीसार कुनौलीमा जिप सडकबाट करिब ७ सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो।  दुर्घटनामा 

ओखलढुङ्गा घर भएका अन्दाजी ३५ वर्षीय लाक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का एक जनाको  सनाखत हुन सकेको छैन। 

दुर्घटनामा उद्धार गरिएका घाइते बालक  वर्षीय पेम्बा शेर्पाको अवस्था गम्भीर छ। 

भदौ ३१, २०७८ बिहीबार १२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।