सङ्खुवासभा घटना : अभियुक्त लोकबहादुरको भाइसँग भेटियो मृतकको मोबाइल

सङ्खुवासभा घटना : अभियुक्त लोकबहादुरको भाइसँग भेटियो मृतकको मोबाइल
फाइल फोटो

काठमाडौँ : सङ्खुवासभामा ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेशसँग मृतक रञ्जना कार्कीको मोबाइल भेटिएको छ।

मादी नगरपालिका–१, उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा साथबाट हत्या गरिएकी रञ्जना कार्कीले प्रयोग गर्दै आएको मोबाइल फेला परेको हो। लोकबहादुरको घरमा मोबाइल भेटिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए। मोबाइल भेटिए पनि नरेशलाई भने पक्राउ नगरिएको खतिवडाले जानकारी दिए।

गत भदौ २१ गते ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, आठ वर्षीय नाति विपिन  र पाँच वर्षीया नातिनी गोमाको  हत्या भएको थियो। हत्या अभियोगमा प्रहरीले लोकबहादुरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

भदौ ३१, २०७८ बिहीबार ११:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।