शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन डा. केसी अमेरिका जाँदै

 शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन डा. केसी अमेरिका जाँदै

काठमाडौँ एक दशकदेखि नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनको माग राखेर अनशन बस्दै आएका प्रा. डा. गोविन्द केसी आज अमेरिका जाँदैछन्।

नेपालमा बढेको राजनीतिक तथा प्रशासनिक विकृति र विसंगति विरुद्ध काठमाडौंको माइतिघर मण्डलामा उभिने सत्याग्रही डा. केसी ‘दुई दिने सामुहिक सत्याग्रह’को अवधारणा लिएर  अमेरिकाको न्युयोर्क जान लागेका हुन्।

मावनता र मानवीय सेवाका माध्यमबाट सद्भाव बढाउँदै विश्व समूदायमा दिगो शान्ति प्राप्त गर्न सकिन्छ भन्ने विश्वासका साथ डा. केसी अमेरिका जान लागेको  सोलिड्यारिटी फर डा. गोविन्द केसी  अलायन्सले जनाएको छ।

विश्वमा चलेको द्वन्द र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिदैं शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउँने उदेश्यले उनको अगुवाईमा सेप्टेम्बर २० र २१ मा संयुक्त राष्ट्र संघको मूख्यालय, न्युयोर्कमा मा शान्तिपूर्ण प्रदर्शन हुने अलायन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

शान्ति दिवशका अवसरमा हुने उक्त दुई दिने शान्तिपूर्ण प्रदर्शनलाई ‘सामुहिक सत्याग्रह’का रुपमा लिइएको बताइएको छ।

प्रदर्शनीमा संसारभर डरलाग्दो समस्याका रुपमा बढ्दै गरेको जलवायु परिवर्तन लगायात सबैका लागि स्वास्थ र  शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराउने उद्देश्य रहेको विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

भदौ ३१, २०७८ बिहीबार १०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।