ललितपुरसहित १२ जिल्लाका सिडिओ फेरिए
काठमाडौँ : गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा घनश्याम उपाध्यायलाई काज सरुवा गरेको छ।
गृहमन्त्री बालकृष्ण खाँडले मन्त्रीस्तरिय निर्णय गरेर ललितपुर सहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेका हुन्।
भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा रुद्रा देवी शर्मालाई ल्याइएको छ भने जिल्ला प्रशासन कार्यालय गुल्मीमा पुण्य विक्रम पौडेलको काज सरुवा भएको छ। शंकरहरि आचार्यलाई गोरखामा, काशीराज दाहाललाई मोरङमा काज सरुवा भएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोश हरि निरौलालाई गृह मन्त्रालयमा काज सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।
यस्तै रामेछापको प्रमुख जिल्ला अधिकारीमा दीपककुमार पहाडी र सहसचिव नुरहरि खतिवडाको सङ्खुवासभामा काज सरुवा भएको छ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेललाई गृह मन्त्रालयमा र सहसचिव टेक राज निरौलालाई जिल्ला प्रशासन कार्यालय दोलखामा काज सरुवा गरिएको छ।
दोलखाका वासुदेव घिमिरे र ललितपुरका ढुण्डी प्रसाद निरौलालाई गृह मन्त्रालयमा ल्याइएको छ।
भदौ ३०, २०७८ बुधबार १९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।