फाजिल कर्मचारीलाई जनस्वास्थ्य निरीक्षक पदमा अवसर
काठमाडौँ : स्वास्थ्य सेवा विभागले कोभिड-१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक पदमा दरखास्त दिन फाजिल कर्मचारीलाई आव्हान गरेको छ।
कर्मचारी समायोजनमा दरबन्दी नभई फाजिलमा रहेका स्थायी कर्मचारीलाई दरखास्त दिन स्वास्थ्य सेवा विभागले सूचना निकालेको हो।
‘स्वास्थ्य सेवा अन्तर्गतको स्थायी कर्मचारी जो फाजिलमा छ र सो पुष्टि हुने कागजात सहित दरखास्त दिन सकिन्छ,’विभागकी नायव सुब्बा पूर्णिमा अधिकारीले उकेरासँग भनिन्,‘ दरबन्दी नभई फाजिलमा रहेका कर्मचारीले एक हप्ताभित्र दरखास्त दिन पाउँछन्।’
उनले १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक पद आवश्यक रहेको जानकारी दिइन्। फाजिल कर्मचारीले दरखास्त दिए लगत्तै बाँकी सङ्ख्या करारमा लिइने उनले बताइन।
भदौ ३०, २०७८ बुधबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।