एमाले नेता पौडेलले पार्टी फुटेको दोष लगाए प्रचण्डलाई

एमाले नेता पौडेलले पार्टी फुटेको दोष लगाए प्रचण्डलाई

बुटवल : नेकपा एमालेका नेता विष्णु पौडेलले सत्तामा जाने पुष्पकमल दाहाल प्रचण्डको महत्त्वाकाङ्क्षाका कारण पार्टी फुटेको बताएका छन्।

उनले पार्टी भित्र पनि महत्त्वाकाङ्क्षा राख्न समस्या आएको बताए। रुपन्देहीमा भएको एमालेको कार्यकर्ता भेलामा नेता पौडेलले माधव नेपाल कुनै नीति र सिद्धान्तमा नभई निजी स्वार्थमा लागेको आरोप लगाए। ‘साथीहरू कांग्रेसको पछि लागे,’उनले भने,‘कम्युनिस्ट पार्टी एकता गर्न चाहेनन्।

उनले निजी स्वार्थका लागि पाटी कब्जा गर्ने कोसिस गरेको आरोप पनि लगाए। माधव नेपालले अनुशासनहीन काम गरेको पौडेलको अर्को आरोप थियो। एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बने पनि पौडेलले एमाले विभाजनको कोसिस सफल नहुने बताए।

‘एमाले विभाजनको कोसिस गरिएको छ, त्यो सफल हुन दिँदैनौ,’उनले भने,‘दल विभाजनको ४० प्रतिशतमा एमाले विभाजित नहुने भएपछि २० प्रतिशत भए पार्टी टुक्राउने काम गरे नेपालले।’

उनले केही महिनामै एमाले सरकारको नेतृत्वमा आउने बताए। 

२ महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको सरकार प्राकृतिक विपत्तिमा बेखबर रहेको उनको भनाई छ। उनले आफूले ल्याएको बजेटको सबैले समर्थन गरेको जिकिर समेत गरे।

भदौ ३०, २०७८ बुधबार १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।