कार्यकर्ता होइन नेतृत्व बिग्रिएको छ : प्रचण्ड
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र कार्यकर्ता नभई नेतृत्व पङ्ती बिग्रिएको बताएका छन्।
दिवङ्गत नेता पोस्टबहादुर बोगटीको स्मृतिमा पार्टी मुख्यालय पेरिस डाँडामा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले गुट बनाउँदा फाइदा हुन्छ भन्ने सोचले नेतृत्व पङ्ती बिग्रिएको बताएका हुन्।
क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पनि यही पार्टीभित्र रहेको बताउँदै उनले भने, ‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरू मात्रै रहेछौँ। गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पङ्ती मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ।’
क्रान्तिका बेला बलिदान दिन तयार भएकाहरूमा नै विचलन आएको उनले बताए। संविधान संशोधनको लागि आवश्यक पर्यो भने सडकमा जान पनि तयार हुनुपर्ने उनको भनाई थियो। उनले संविधान बनाउने बेलामा नै आफूले फरक मत राखेको स्मरण गरे। कार्यक्रममा उनले देशलाई प्रतिगमनमा जानबाट आफूहरूले जोगाएको दाबी गरे।
भदौ ३०, २०७८ बुधबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।