नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक असोज ५ गते बस्दै
काठमाडौँ : नेकपा एमालेसँग फुटेर दर्ता भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक असोज ५ गते बस्ने भएको छ।
पार्टीको सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न असोज ५ गते काठमाडौँमा बैठक बस्न लागेको केन्द्रीय सदस्य मेटमणी चौधरीले जानकारी दिए। बैठकमा पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पारिने उनले बताए।
एमालेबाट असहमति प्रकट गर्दै अलग भएर बनेको यो पार्टीको बैठक पहिलो पटक बस्न लागेको हो। एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा ५५ जना सदस्य छन्।
भदौ ३०, २०७८ बुधबार १०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।