साढे चार सय कैदीको कैद मिनाहा गर्ने सरकारको निर्णय
काठमाडौँ : सरकारले संविधान दिवसको अवसरमा साढे चार सय कैदीबन्दीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले संविधान दिवसको अवसरमा साढे चार सय कैदीबन्दीको कैद मिनाहा गर्ने निर्णय गरेको एक मन्त्रीले उकेरालाई जानकारी दिए।
यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पदक र विभूषण दिने सम्बन्धी निर्णय पनि गरेको छ। बैठकले मन्त्रालयगत नियमित विभिन्न विषयमा छलफल भएको ती मन्त्रीले बताए।
भदौ २९, २०७८ मंगलबार २०:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।