फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

काठमाडौँ : अदालतले कैद र जरिवाना तोकेको फरार अभियुक्तलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको छ।

प्रहरीले चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई हाल काठमाडौँको काँडाघारी बस्ने ३९ वर्षीय दिपक कार्कीलाई सोमवार पक्राउ गरी अदालतमा बुझाएको हो। फरार प्रतिवादी खोज्ने क्रममा कार्कीलाई कागेश्वरी मनहरा नगरपालिका–७, काँडाघारीमा फेला पारेको प्रहरीले जनाएको छ।

 कार्कीलाई बैङ्किङ  कसुर सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले २०७६ फागुन १८ गते जाहेरवालाको बिगो ३० लाख रुपैयाँ भराई बिगो अनुसारको जरिवाना र ७ दिन कैद सजाएँ तोकेको थियो। उनलाई नारायणकाजी कार्कीको जाहेरीले सरकारी वकिलले मुद्दा चलाएका थिए।

भदौ २९, २०७८ मंगलबार १२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।