मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सोमवार साँझ सु.प. प्र ०१००९ प ५०५८ नम्बरको मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा भएको दुर्घटनामा बेलौर–१० का २६ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।

भदौ २९, २०७८ मंगलबार १०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।