बाल अधिकारको संरक्षण सबैको जिम्मेवारी : राष्ट्रपति भण्डारी

बाल अधिकारको संरक्षण सबैको जिम्मेवारी : राष्ट्रपति भण्डारी

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले बाल अधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको बताएकी छिन्।

 राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश दिंदैै राष्ट्रपति भण्डारीले  बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताएकी हुन्। 

नेपालले संयुक्त राष्ट्रसङ्घीय बाल अधिकारसम्बन्धी महासन्धि अनुमोदन गरेको दिन पारेर हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ।

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको थियो।

भदौ २९, २०७८ मंगलबार ०९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।