बस र ट्रक ठोकिँदा तीन जनाको मृत्यु, २४ घाइते 

बस र ट्रक ठोकिँदा तीन जनाको मृत्यु, २४ घाइते 

चितवन : आज बिहान करिब ४ बजे नवलपुरको गैँडाकोटमा यात्रु बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार २४ जना घाइते भएका छन्।

ठक्करपछि बस सडकबाट १० फिट तल खस्दा दुई  महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिपकुमार गिरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो।

मृतकको सनाखत हुन सकेको छैन। घाइतेहरूको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भइरहेको छ।

गैँडाकोट नगरपालिका– १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।

भदौ २९, २०७८ मंगलबार ०८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।