सभामुख सापकोटा पार्टीको कार्यकर्ता जस्तो बने : महेश बस्नेत

सभामुख सापकोटा पार्टीको कार्यकर्ता जस्तो बने : महेश बस्नेत

बुटवलमा राष्ट्रिय युवा संघले सोमबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सभामुख निष्पक्ष बन्न नसक्दा संसदमा केही असामान्य गतिविधि भएको बताए। ।

उनले पार्टीको ह्विप उल्लङ्घन गरेका कारण पार्टीले कारबाहीका लागि निवेदन दिए पनि सभामुखले पार्टी टुक्राउन मतियार बनेको बताए।

नेता बस्नेतले शेरबहादुर देउवा सरकारले संसद्लाई कुनै बिजनेस दिन नसक्ने दाबी समेत गरे। नेता बस्नेतले आगामी चुनावमा एमालेको बहुमत आउने दाबी गरे। 

एमाले सांसद समेत रहेका बस्नेतले सरकारले ल्याएको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक गैर कानुनी रहेको आरोप पनि लगाए। ‘जनयुद्धकलामा कमाएका सम्पत्तिलाई वैधानिकता प्रदान गर्न प्रतिस्थापन विधेयक आएको हो?,’ उनले अर्थमन्त्रीलाई प्रश्न गरे।

भदौ २८, २०७८ सोमबार २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।