एमसीसी पारित गर्न खोजिए राँको बाल्ने विप्लवको चेतावनी
सोमबार काठमाडौँको खुल्लामञ्चमा आयोजित विरोध सभामा विप्लवले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको बताए।
उनले अमेरिकाले नेपालमा आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी पारित गर्न दबाब दिएको उल्लेख गरे। एमसीसी जबरजस्ती पास गर्न खोजिए राँको बाल्ने उनले चेतावनी दिए। पैसाले मात्रै विकास नहुने भन्दै विप्लवले एमसीसीले देश विकास हुन्छ भन्नु मूर्खता हुने टिप्पणी गरे।
एमसीसीका विषयमा मान्छेलाई भाँड्ने प्रयास भइरहेको र नेपाली जनताले यो कुरा बुझेको उनको भनाई छ।
त्यस्तै विरोध सभामा नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमसीसीको बहानामा अमेरिकाले नेपालमा कब्जा जमाउन खोजेको आरोप लगाए।
नेपालमा युरेनियम छ भन्ने पत्ता लागेको र नेपाल जलश्रोतमा पनि धनी रहेकाले अमेरिकाले जबरजस्ती नेपाललाई एमसीसी सहायता दिन लागेको गजुरेलले बताए।
भदौ २८, २०७८ सोमबार २०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।