मोतिपुर औद्योगिक करिडोर निषेधित क्षेत्र घोषणा
औद्योगिक करिडोरको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना अनुसार केही व्यक्तिले रातको समयमा सुकुम्वासी भेला गर्ने गरेको भन्दै प्रशासनले त्यस क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको हो।
जिल्ला प्रशासन कार्यालयले निकालेको विज्ञप्तिमा करिडोर क्षेत्रमा आवतजावत, भेला जम्मा नहुन नगर्नका लागि कोभिड १९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी २८ भदौ देखि अर्को सूचना नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख गरिएको छ।
निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुल सम्म), पश्चिम हरिहरपुरको खोतियोग्य जमिन (बुटवल उपमहानगरपालिका वडा नं. १७), उत्तर तर्फ शिवनगर रानीगाउ बस्ती (बुटवल उपमहानगरपालिका वडा नं १७) र दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहिया सम्म) लाई तोकिएको छ ।
निषेधित क्षेत्र भित्र निषेध गरिएका क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
भदौ २८, २०७८ सोमबार १९:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।