डडेलधुराका सबै वडामा पुन अधिवेशन गर्न पौडेल पक्षको माग 

डडेलधुराका सबै वडामा पुन अधिवेशन गर्न पौडेल पक्षको माग 

पौडेल पक्षको पार्टी कार्यालय सानेपामा बसेको बैठकले डडेलधुरामा एकपक्षीय रूपमा भएको वडा अधिवेशन स्वीकार्य हुन नसक्ने भन्दै पुन अधिवेशन गर्न माग गरेको हो।

क्रियाशील सदस्यता विवाद समाधान गर्नुको सट्टा अपारदर्शी रूपमा आफ्नै जिल्लामा पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशन गरेको आरोप उनीहरूको छ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस वरिष्ठ नेता पौडेलले डडेलधुरामा देखिएको अनियमितता र स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा नदोहोर्याउन खबरदारी गरे। 

उनले प्रहरी प्रशासन लगाएर डडेलधुरामा अधिवेशन गरेकाले मान्य नहुने बताए। सुरुवातमै दाँतमा ढुङ्गा लागेको जस्तो भएको भन्दै पौडेलले पार्टीमा पारदर्शी ढङ्गले क्रियाशील सदस्यता वितरण हुन नसकेको बताए। 

पौडेल पक्षले पार्टीको स्थापित विधि र प्रक्रिया विरुद्ध खुल्ला हस्तक्षेप भएको ठहर गरेको छ।

भदौ २८, २०७८ सोमबार १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।