सत्तालिप्साका कारण कांग्रेस कमजोर : वरिष्ठ नेता पौडेल 

सत्तालिप्साका कारण कांग्रेस कमजोर : वरिष्ठ नेता पौडेल 

कांग्रेस सिन्धुपाल्चोकले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पौडेलले पार्टीको विधान विधि र पद्धतिलाई मिल्काएर पाँच वर्षसम्म महाधिवेशन गर्न नचाहने पार्टी नेतृत्वले धाँधली र षडयन्त्र गरेको आरोप लगाएका हुन्।

उनले नेताको सत्तालिप्साका कारण नै कांग्रेस कमजोर भएको आरोप समेत लगाए। सत्ता र शक्तिको दुरुपयोग गरेर डडेलधुराका कतिपय वडामा अधिवेशन भएको र त्यो आफूहरूलाई मान्य नहुने पौडेलले बताए।

उनले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोज्नु कांग्रेसलाई नसुहाउने तर्क गरे। पार्टीलाई लोकतन्त्रको बाटोबाट विचलित हुन नदिने प्रतिबद्धता पौडेलको थियो।

भदौ २८, २०७८ सोमबार १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।