एनआरएनएको निर्वाचन स्थगित गर्न परराष्ट्र मन्त्रालयको निर्देशन
काठमाडौँ : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ।
विभिन्न देशमा प्रतिनिधि सम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेको भन्दै परराष्ट्रले निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो।
विभिन्न देशबाट महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू विधान विपरीत सिफारिस गरेको मन्त्रालयमा निवेदन परेको परराष्ट्रले जनाएको छ।
परराष्ट्रले लेखेको पत्रमा ३ जना सदस्यले राष्ट्रिय समन्वय परिषद्को प्रतिनिधि छनौट प्रक्रियामा अस्ट्रेलिया, जर्मनी, अमेरिका, न्यूजिल्याण्ड, बेल्जियम, साइप्रस, अस्ट्रिया, बेलायत, चेक गणतन्त्र, स्वीजरल्याण्ड, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, पोर्चुगललगायत मुलुकहरूमा समस्या रहेको भन्दै मन्त्रालयमा निवेदन दिएको उल्लेख गरेको छ।

भदौ २८, २०७८ सोमबार ०९:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।