देउवा विरुद्ध रणनीति बनाउन पौडेल समूह बैठक बस्दै
काठमाडौँ : पार्टीको १४ औँ महाधिवेशनको वडा अधिवेशन र क्रियशिल सदस्यतामा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको निष्कर्ष निकाल्दै प्रतिवाद रणनीति बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्ने भएको छ।
पार्टी महाधिवेशनमा राज्य शक्तीको दुरुपयोग गरेको, आफू अनुकूल नदेखिएको स्थानको क्रियशिल सदस्यता टुङ्गो नलगाएको र सरकार विस्तारमा भएको ढिलाइबारे छलफल गर्न पौडेल समूहले पार्टी कार्यालय सानेपामा आज २ बजे भेला राखेको हो।
पौडेल समूहले देउवाले गृह जिल्ला डडेलधुरामा राज्य शक्तिको दुरुपयोग गर्दै गरेको वडा अधिवेशनलाई मुख्य विषय बनाउने तयारी गरेको छ।
आइतबार पौडेल निवास बोहोराटारमा भएको छलफलमा आफ्नो समूहका केन्द्रीय सदस्यहरूसँग परामर्श गर्ने सहमति अनुसार आज सोमवार बैठक डाकेका हुन्।
भदौ २८, २०७८ सोमबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।