एमसीसी कार्यान्वयनमा लैजान आग्रह गरिन सुमारले
अर्थमन्त्री जनार्दन शर्मालाई सुमार नेतृत्वको टोलीले भेटेर शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री शर्माले कम्प्याक्टका विषयमा राजनीतिस्तरमा छलफल भइरहेको जवाफ दिएका छन्।
एमसीसी परियोजना अनुमोदन गरेर कार्यान्वयन गराउन प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्री र दलका नेताहरूलाई टोलीले आग्रह गरेको छ।
तर, सरकार र दलका नेताहरूले राजनीतिक सहमति कायम गरेर अनुमोदन गर्ने जवाफ दिएका छन्।
भदौ २६, २०७८ शनिबार १६:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।