व्यवसायी रुक्म शमशेर राणाको निधन

व्यवसायी रुक्म शमशेर राणाको निधन

 काठमाडौं : व्यवसायी रुक्म शमशेर राणाको शनिवार बिहान निधन भएको छ।  

भारतका लागि पूर्व राजदूत समेत रहेका ८६ वर्षीय राणाको काठमाडौको बत्तिसपुतलीस्थित आफ्नै निवासमा निधन भएको हो।
डाबर नेपालको प्रबन्धक निर्देशकसमेत बनेका राणाले बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्राएका थिए ।

 उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव पनि बनेका थिए। राणा नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष समेत हुन्। पछिल्लो समय राणा मिर्गौला, सुगर र प्रेसरको रोगबाट पीडित थिए।

 उनी नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमशेर राणाका कान्छा छोरा हुन्। 

भदौ २६, २०७८ शनिबार ०९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।