आज ऋषि पञ्चमी पर्व मनाइँदै

आज ऋषि पञ्चमी पर्व मनाइँदै

काठमाडौँ  : आज नेपाली नारीले  सप्तऋषिको पूजा आराधना गरी भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी मनाउँदै छन्।

महिलाले आज  नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई  दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो  खरानी लगाई नुहाएर सप्त ऋषिको पूजा गर्दछन्। हरितालिका तीजकै एउटा पर्वको रूपमा ऋषि पञ्चमी मनाउने गरिन्छ।

महिलाले रजस्वलाका समयमा कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।

आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रत विधि छ।

भदौ २६, २०७८ शनिबार ०७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।