मौसममा सामान्य बदली हुँदै कतै कतै हल्का वर्षा हुने

मौसममा सामान्य बदली हुँदै कतै कतै हल्का वर्षा हुने

काठमाडौँ : हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बङ्गालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकाले  मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

भदौ २६, २०७८ शनिबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।