एमसीसीको टोलीलाई सरकारको जवाफ : आजको भोलि अनुमोदन हुँदैन 

एमसीसीको टोलीलाई सरकारको जवाफ : आजको भोलि अनुमोदन हुँदैन 

प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जामन्त्री पम्फा भुसाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतेमा सुमारको टोलीलाई आजको भोलि अनुमोदन नहुने जवाफ दिएका हुन्। 

‘एमसीसीको टोलीलाई सबै नेताले दिने जवाफ एउटै छ,’नेपाल कार्यालयका एक अधिकारीले भने,‘सहयोग आवश्यक छ, सहमतिको प्रयासमा छौँ मात्रै भनेका छन्।’ 

सरकार र नेताहरूको जवाफ अनुसार तत्काल एमसीसी अनुमोदन हुने सम्भावना नदेखिएको ती अधिकारीले बताए। उपाध्यक्ष सुमारको टोलीले शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल–अमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेर छलफल गरेको छ। 

छलफलमा प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा सहमति खोज्ने प्रयास जारी रहेको बताएका देउवाको निजी सचिवालयले जनाएको छ।

एमसीसीको टोलीले अमेरिकी सहयोगको एमसीसी परियोजना अनुमोदन गर्न आग्रह गरेको छ। तर, दलहरुबीच विवाद रहेकाले तत्कालै अनुमोदन नहुने जवाफ एमसीसीको टोलीले पाएको छ।

भदौ २५, २०७८ शुक्रबार २०:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।