मन्त्रिपरिषद् विस्तारबारे सञ्चारकर्मीले सोध्दा उपेन्द्रले भने ‘जोखाना हेरेर हुँदैन’
चाडै भनेको कहिलेसम्म हो? भन्ने प्रश्नमा यादवले भने,‘जोखाना हेरेर हुँदैन।’ उनले सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय भागबन्डा पनि मिलाउन बाँकी रहेको बताए। सरकार नै ढल्ने जस्तो अवस्था देखियो नि भन्ने प्रश्नमा उनले भने,‘त्यस्तो छैन।’
उनले एमसीसीलाई राष्ट्रिय सहमतिको आधारमा निर्णय गर्नु पर्ने बताए। मुलुकको हित अनुकूल अगाडि बढ्नु पर्ने उनको भनाई थियो।
भदौ २५, २०७८ शुक्रबार १९:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।