बानेश्वरमा एमाले कार्यकर्ताले प्रहरीलाई ताकेर ढुङ्गा हाने
सरकार कहाँ छ भन्दै एमाले कार्यकर्ताले निकालेको टर्च र्याली निषेधित क्षेत्रमा पुगेपछि प्रहरीसँग झडप भएको हो। झडपका कारण केहिबेर बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो।
(3).jpg)
प्रदर्शनमा उत्रेका एमाले कार्यकर्ताले अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्ध नाराबाजी गरेका थिए। प्रधानमन्त्री र सरकारविरुद्ध चर्का नारा लगाएका एमाले कार्यकर्ताले प्रहरीलाई ताकि ताकि ढुङ्गा प्रहार गरेका थिए।
उनीहरूले गृहमन्त्रीको राजीनामा माग गरेका थिए। सरकारविरुद्ध एमालेले सदनमा र भातृसंगठनले सडकमा विरोध जनाएका हुन्।
भदौ २५, २०७८ शुक्रबार १९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।