सभामुख र सांसद नै मान्दिन भन्ने एमालेको माग पुरा हुन सक्दैन : गगन थापा 

सभामुख र सांसद नै मान्दिन भन्ने एमालेको माग पुरा हुन सक्दैन : गगन थापा 

संसद् भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले एमालेले प्रतिपक्षीको भूमिकाको चरम दुरुपयोग गरेको आरोप लगाए। 

सभामुख र सांसद नै नमान्ने भन्ने एमालेको माग कसैले पनि संवाद गरेर समस्या समाधान गर्न नसक्ने बताए।  

नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले संशोधित बजेट ल्याउन हतार गरेको प्रतिक्रिया दिए। पाण्डेले प्रतिपक्षी दलसँग छलफल नगरी हतारमा सरकारले संशोधित बजेट ल्याएको बताए। 

यस्तै एमाले सांसद गोकुल बास्कोटाले सरकारले प्रतिपक्षीलाई जानकारी नै नदिई संशोधित बजेट ल्याएको र कार्यसूची समेत हेर्न नदिएको गुनासो गरे। उनले छापामार र गुरिल्ला शैलीमा बजेट ल्याएको आरोप लगाए। सभामुखले निर्वाह गर्नुपर्ने भूमिकाबाट चूकेको उनको भनाई छ। 

संशोधित बजेट पेस गरेपछि अर्थमन्त्री जनार्दन शर्माले संवैधानिक व्यवस्था अनुसार संशोधित बजेट ल्याएको बताए। उनले बजेटमा राखिएको अनावश्यक बजेट मात्र कटौती गरिएको जानकारी दिए। योजना बनाएर संशोधित बजेट कार्यान्वयन गर्ने अर्थमन्त्री शर्माको भनाई छ। 

शुक्रबार एमालेको बिरोधकाबीच अर्थमन्त्री शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको संशोधन बजेट प्रतिनिधिसभा बैठकमा पेस गरेका छन्। 

भदौ २५, २०७८ शुक्रबार १८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।