स्पाइनल कर्ड इञ्जुरीका बिरामीलाई सरकारले मासिक पाँच हजार भत्ता दिने
२०७४ सालमै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले यो निर्णय गरे पनि निर्वाचन आचारसंहिता लागेपछि निर्णय भन्दै निर्वाचनपछिको सरकारले खारेज गरेको थियो।
स्पाइनल कर्ड इञ्जुरी भएकाले दुई साता अघि सिंहदरबारमा पुगेर गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर पहिला निर्णय भएको निर्णय गरिदिन आग्रह गरेका थिए।
सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई पनि मासिक पाँच हजार रकम दिने प्रतिस्थापन विधेयक संसद्मा प्रस्तुत गरेको छ।
भदौ २५, २०७८ शुक्रबार १७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।