बर्दियामा १ लाख ८२ हजारको फिटसाल काठ बरामद
गुलरिया नगरपालिका वडा नम्बर ८ आशापुर भन्ने ठाउँमा थुपारी राखेको काठ प्रहरी चौकी सुरजपुरले बरामद गरेको जनाएको छ।
४५.५२ क्यु. फिटसाल जातको काठ डिभिजन वन कार्यालय गुलरिया बर्दियामा पठाइएको प्रहरीले जनाएको छ।
भदौ २५, २०७८ शुक्रबार १४:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।