जनगणनामा काठमाडौँ उपत्यकामा ट्याब्लेट प्रयोग गरिने
यसअघि २०७८ जेठ २४ देखि असार ८ गतेसम्मका जनगणना गर्ने भनिए पनि कोरोनाका कारण स्थगित गरिएको थियो। राष्ट्रिय जनगणनाको प्रक्रिया भने भदौ २० गतेदेखि नै सुरु भएको विभागले जनाएको छ।
जसअनुसार सुपरिवेक्षकको नियुक्ति, तालिम, घर तथा घर परिवार सूचीकरण कार्य, गणकको नियुक्त र तालिम छन्।
गणकको तालिमपछि मूल गणना सुरु गरिने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए। उनले जिल्लाहरूमा जनगणनाको तयारी निरन्तर भइरहेको बताए।
श्रेष्ठले जनगणनामा काठमाडौँ जिल्लामा भने ट्याब्लेट प्रयोग गरिने जानकारी दिए। त्यस्तै जनगणनाका समयमा कोरोना महामारी न्यून हुने जानकारी स्वास्थ्य मन्त्रालयका विज्ञहरूबाट आएको उनले बताए।
हाल ७ वटा प्रदेश जनगणना कार्यालय तथा ८० वटा जिल्ला जनगणना कार्यालय सञ्चालनमा रहेको र ३४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गर्ने क्रममा रहेको विभागले जनाएको छ।
भदौ २३, २०७८ बुधबार १४:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।