आज संसद्को दुवै सदनको बैठक बस्दै
मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बुधवार ४ बजेका लागि आह्वान गरेकी हुन्।
यस पटक संसद्मा दुई नयाँ दल थपिने तथा सत्तापक्ष र प्रतिपक्षको सङ्ख्या पनि फेरिएकाले सङ्घीय संसद् सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाइसकिएको जानकारी गराएको छ। सबै दलका नेताहरू अगाडि रहने गरी र अन्य सदस्यहरू क्रमशः पछाडि रहने गरी दूरी कायम गरेर सिटको व्यवस्थापन मिलाइएको सचिवालयले जनाएको छ ।
यो अधिवेशनमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। एमसीसीको विषयमा पनि सदनमा छलफल हुने अनुमान गरिएको छ।
भदौ २३, २०७८ बुधबार ०७:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।