देशभर मौसम बदली

देशभर मौसम बदली

काठमाडौं : हाल नेपालमा भारतको मध्यप्रदेश र विधार्वा आसपास  अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेकाले अहिले देशभर मौसम सामान्य देखि पूर्ण वदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ। 


 दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।


राती देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाग्मती प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

भदौ २३, २०७८ बुधबार ०७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।