एमसीसी मार्फत नेपाललाई चीन विरोधी अखडा बनाउन लागियो : चित्रबहादुर केसी
बुटवल : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीविरुद्ध सडक र सदनबाट सङ्घर्ष गर्नुपर्ने बताएका छन्।
एमसीसी खारेजीको माग गर्दै बुटवलमा १० राजनीतिक दल र सङ्गठनले गरेको संयुक्त विरोध प्रदर्शनमा अध्यक्ष केसीले एमसीसी मार्फत नेपाललाई चीन विरोधी अखडा बनाउन लागिएको आरोप लगाए।
‘पछिल्लो समय चीन विश्वमा शक्तिशाली बन्दै जाँदा अमेरिकालाई भालुको कन्चट बनेकोले चीनलाई कमजोर बनाउन नेपाललाई प्रयोग गर्ने प्रयास गरिएको छ।’ उनले भने ।
आर्थिक सहयोगको नाममा चीनलाई घेराबन्दी गर्ने अमेरिकाको योजना फेल गराउन आम नेपाली एकजुट हुनुको विकल्प नभएको अध्यक्ष केसीको भनाई थियो।
भदौ २२, २०७८ मंगलबार २०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।