सुर्खेतमा बालिका बलात्कारको आरोपमा बस काउन्टरमा काम गर्ने देखि ड्राइभरसम्म पक्राउ 

सुर्खेतमा बालिका बलात्कारको आरोपमा बस काउन्टरमा काम गर्ने देखि ड्राइभरसम्म पक्राउ 

सुर्खेत : प्रहरीले सुर्खेतमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बस काउन्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको घर्तीले बताए।

चौकुने गाउँपालिका घर भई पञ्चपुरी नगरपालिकामा बस्दै आएकी बालिकाले हिजो पटक–पटक विभिन्न व्यक्तिबाट ठाउँ ठाउँमा बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबिया चौरमा उजुरी दिएकी थिइन्। बालिकाले आफूलाई चकलेट, बिस्कुट, चाउचाउ र पैसा दिन्छु भन्दै फकाएको उजुरीमा उल्लेख गरेकी छन्।

मुद्दा दर्ता गरेसँगै बालिकाले बलात्कार गर्नेलाई देखाएर पहिचान गराउँदै प्रहरी निरीक्षक टेकबहादुर देउवामार्फत नियन्त्रण लिन लगाएकी थिइन्।

भदौ २२, २०७८ मंगलबार १९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।