एमसीसी पास हुँदैन : प्रचण्ड

एमसीसी पास हुँदैन : प्रचण्ड

काठमाडौँ  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास नहुने बताएका छन्।

माओवादीको युवा सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) केन्द्रीय कमिटी बैठकमा प्रचण्डले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रको सहमति नहुने बताए। 

बैठकले वाईसीएलको संयोजकमा सुमन देवकोटालाई चयन गरेको छ। मंगलबार काठमाडौँमा बसेको वाईसीएलको पहिलो केन्द्रीय कमिटी बैठकले देवकोटालाई चयन गरेको हो। 

त्यस्तै बैठकले सह–संयोजकमा सुबोधराज शेर्पालीलाई चयन गरेको छ। बैठकले हालको केन्द्रीय कमिटीलाई तेस्रो राष्ट्रिय सम्मेलन आयोजक कमिटीमा रूपान्तरण गरेकोवाईसीएलले जनाएको छ। 

संयोजक देवकोटाले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न सशक्त भूमिका खेल्ने बताए।

भदौ २२, २०७८ मंगलबार १७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।