आफै भाडा बढाएर लागु गर्ने यातायात व्यवसायीको धम्की 

आफै भाडा बढाएर लागु गर्ने यातायात व्यवसायीको धम्की 

काठमाडौँ : सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक यातायातमा आफूखुसी भाडा बढाउने चेतावनी दिएका छन्।

भाडा समायोजन लगायत ११ बुँदे माग पुरा नभए भदौ २४ गतेदेखि आफै भाडा बढाएर लागू गर्ने चेतावनी महासंघले दिएको हो। 

यातायातको बिमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरिवाना छुट लगायतका माग राखेर महासंघले मंगलबार विभागमा धर्ना दिएको हो।

आफूहरूको मागका विषयमा सरोकारवाला निकायमा जानकारी गराउँदा पनि सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउन धर्ना दिइएको महासंघका अध्यक्ष डोलनाथ खनालले बताए। 

अध्यक्ष खनालले कोरोनाले असर गरेको अवधिभरको व्याज मिनाहा र किस्ताको म्याद कम्तीमा दुई वर्ष थप गर्नुपर्ने माग गरे। उनले यातायात क्षेत्रको सुधार र व्यवस्थापनका लागि प्राधिकरण स्थापना गर्नुपर्ने आफूहरूको माग रहेको बताए।

भदौ २२, २०७८ मंगलबार १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।