कोरोना संक्रमितको तुलनामा निको हुनेको संख्या बढ्यो
काठमाडौँ : नेपालमा कोरोना संक्रमितको तुलनामा निको हुनेको संख्या बढेको छ।
मंगलबार थप २ हजार ७२ जना संक्रमित निको भएर घर फर्किएका छन्। निको हुने दर ९४.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमित निको भएर घर फर्कनेको संख्या ७ लाख ३१ हजार पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ११ हजार १ सय ११ पिसिआर परीक्षणका क्रममा १ हजार ४ सय २३ र ३ हजार ९ सय २३ एन्टीजेन परीक्षणका क्रममा २ सय ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा १० हजार ८ सय ७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
हाल नेपालमा ३० हजार ३ सय ३ सक्रिय संक्रमित आइसोलेसन र २ सय ५८ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ।
भदौ २२, २०७८ मंगलबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।