काठमाडौंको सीडीओ फेरिए
काठमाडौं : गृहमन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ।
गृह मन्त्रालयका सहसचिव गोविन्द रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो। रिजाद मन्त्रालयमा प्रशासन महाशाखा प्रमुख थिए।
काठमाडौको प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
भदौ २२, २०७८ मंगलबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।