ओलीको रिटमा सर्वोच्चले अदालतले सभामुखलाई दिएन अन्तरिम आदेश, छलफलका लागि दुवैलाई सर्वोच्च बोलाउने
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई अन्तरिम आदेश दिन माग गर्दै दायर रिटमा दुवै पक्षलाई छलफलको लागि बोलाउने निर्णय गरेको छ।
प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको इजलासले ओलीले मागे जस्तो अन्तरिम आदेश नदिई भदौ २८ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो।
एमालेले १४ सांसदलाई दलबाट निष्कासन गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएपछि अध्यक्ष ओलीले त्यस विरुद्ध अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। पार्टीले सांसदहरूलाई दलबाट निष्कासन गरी निर्णय कार्यान्वयनका लागि संसद्लाई भदौ १ मा जानकारी गराएकोमा सभामुखले कानुनी प्रक्रिया अवलम्बन नगरेको भन्दै सभामुखको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका थिए ।
प्रधानन्यायाधीश जबराको इजलासले निर्वाचन आयोगसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ।
भदौ २२, २०७८ मंगलबार १३:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।