खोटाङमा जिल्ला समन्वय समिति प्रमुखसहित थप १० जनप्रतिनिधिले छाने एकीकृत समाजवादी

खोटाङमा जिल्ला समन्वय समिति प्रमुखसहित थप १० जनप्रतिनिधिले छाने एकीकृत समाजवादी

खोटाङ :  नेकपा (एमाले)बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले  नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन्।

 स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङसहित १०  जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय खोटाङमा एकीकृत समाजवादीमा सनाखत गरेका हुन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्ला समन्वय समिति सदस्य उदयबहादुर कार्की र रञ्जना राई तथा बराह पोखरी गाउँपालिका–४ का वडाध्यक्ष भुवलराज राई, बराह पोखरी गाउँपालिका–५ का वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का वडा सदस्य अनुप चाम्लिङ राईले एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

यसै गरी सोही नगरपालिका–८ का वडा सदस्य हरि चाम्लिङ, जन्तेढुङ्गा गाउँपालिका–६ का वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राई र केपिलासगढी गाउँपालिका–५ का सदस्य रामकुमार बस्नेतले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ।

खोटाङमा यो समेत ४१ जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

भदौ २२, २०७८ मंगलबार १०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।