कुशे औँसी तथा बाबुको मुख हेर्ने पर्व मनाइँदै
काठमाडौं :आज हिन्दु धर्मालम्वीहरुले कुशे औँसी पर्व मनाउँदै छन्।
हिन्दु धर्ममा धार्मिक कार्यमा अत्यावश्यक वनस्पति कुश काटेर घर घरमा भित्र्याएर यो पर्व मनाइन्छ। वैदिक मन्त्रोच्चारणसहित उखेलिएको कुश पुरोहितहरूले यजमानका घरमा पुर्याईदिने चलन छ। कुशलाई भगवान् विष्णुको प्रतीकको रूपमा मानिन्छ।
पितृ औँसी पनि भनिने यस दिनमा बुवाको मुख हेर्ने तथा दिवङ्गत पितृहरूलाई तर्पण दिएर पनि यो पर्व मनाइँदै छ।
आज पितालाई आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिने र टाढा टाढा भएका सन्तानहरू पनि पितालाई भेट्न जाने चलन रहेको छ।
भदौ २२, २०७८ मंगलबार ०८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।