आज पनि देशभर वर्षाको सम्भावना
काठमाडौं : हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको र देशको पश्चिमी तराई नजिक मनसुनको न्युन चापीय रेखा रहेकोले हाल देशभर मौसम बदली रहेको छ।
अहिले मौसममा सामान्य देखि पूर्णतया वदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार राती देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिमका धेरै र बाकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
अबको ३ दिन मौसम बदली नै रहने र नदी तटीइ क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकाले सजगता अपनाउन महाशाखाले आग्रह गरेको छ।
भदौ २२, २०७८ मंगलबार ०७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।