बदलिए ओली, भने 'कोरोनाबाट जोगिन मास्क लगाऊँ'
काठमाडौँ : आफू सरकारमा रहेको बेलामा कोरोना हाच्छिउँ गरेरै भाग्छ भनेर भाषण गर्ने पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्ध मास्क लगाएर जोगिन आग्रह गरेका छन्।
युवा सङ्घ नेपालले आयोजना गरेको बृहत् युवा भेलालाई सम्बोधन गर्दै उनले कार्यक्रममा सहभागी युवाहरूलाई आग्रह गर्दै भने' मास्क लगाउनु होला। सामाजिक दुरी कायम गर्नुहोला।'
प्रधानमन्त्रीको रूपमा भने ओलीले कोरोना नियन्त्रणका लागि कहिले अम्बाको पात खान सुझाव दिएका थिए भने कहिले यसलाई सामान्य भएको दाबी गर्दै हाच्छिउँ गर्दा नै भाग्ने दाबी गरेका थिए।
भदौ २१, २०७८ सोमबार १८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।